काठमाडौं । क्यानाडामा रहेको भारतीय भिजा आवेदन केन्द्रले क्यानाडालीहरूका लागि भिजा सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले क्यानाडास्थित भारतीय कूटनीतिक निकायलाई धम्की आएको बताएका छन्।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार उनले भनेका छन्, ‘आफ्नो काम गर्न सक्ने अवस्था छैन। भिजा सेवा स्थगन गर्नुको कारण यही हो।’ क्यानाडा सरकारले आतंकवादीहरूलाई बस्न र आफ्नो योजना पूरा गर्ने ठाउँ दिएको आरोप उनले लगाए ।
यही सेप्टेम्बर १८ मा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारत जिम्मेवार रहेको आरोप लगाएका थिए । त्यसयता क्यानाडा र भारतबीच द्वन्द्व जारी छ। दुवै देशले एकअर्काका कूटनीतिज्ञलाई देश निकाला गरेका छन् ।
भारतले किन लगायो क्यानाडालीहरूको भिजामा रोक ?