बाँके । डुडुवा गाउँपालिका-६ स्थित जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । गएराति भएको झडपमा एक जनाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले लोकान्तरलाई जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी विपीन आचार्यका अनुसार झडपमा घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो । मृतकको सनाखत हुन बाँकी छ ।
झडपमा घाइते भएका अन्य १० जनाको उपचार भइरहेको उनको भनाइ छ । गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।
बाल सुधार गृहमा दुई समूहबीच झडप : एकको मृत्यु, १० जना घाइते
प्रमुख जिल्ला अधिकारी विपीन आचार्यका अनुसार झडपमा घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो । मृतकको सनाखत हुन बाँकी छ ।