६० किलो सुन तस्करी प्रकरण : यी हुन् २९ जना प्रतिवादीहरू (नामसहित)

६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै २९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार ३ जना फरारसहित २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

६० किलो सुन तस्करी प्रकरण : यी हुन् २९ जना प्रतिवादीहरू (नामसहित)
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै २९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार ३ जना फरारसहित २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी महेशप्रसाद खत्रीका अनुसार ३ जना फरारसहित २९ जनाविरुद्ध आइतबार मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ४ जनालाई फरारको सूचीमा राखी मुद्दा चलाउन प्रतिवेदन तयार पारेकामा सरकारी वकिलले एक चिनियाँ नागरिकलाई तत्काल मुद्दा नचलाउने निर्णय गरेकाे हाे । यी हुन् प्रतिवादीहरू १. चीन स्थायी ठेगाना भई काठमाडौं कामनपा ४, धुम्बराहीमा बस्ने एलेक्स भन्ने याओ पुचेङ । २. ताइवान स्थायी ठेगाना भएका अली भन्ने LI WEN TSUNG. ३. चीन स्थायी ठेगाना भई टोखा नगरपालिका वडा नंम्बर ५ बसुन्धरा बस्ने वर्ष २६ को रोजर वा स्टेप्स भन्ने LI NENGKAI. ४. चीन स्थायी ठेगाना भई टोखा नगरपालिका वडा नंम्बर ५ बसुन्धरा बस्ने वर्ष २७ साउतेन भन्ने DING SHENG FA ५. चीन स्थायी ठेगाना भई हाल कामनपा २ लाजिम्पाट बस्ने ३६ वर्षीय लिन चछ्याङ । ६. भारत स्थायी ठेगाना भई हाल कामनपा ३ कम्फर्ट हाउजिङमा बस्ने ५३ वर्षीय टासी भन्ने थुप्तिन छिरिङ ७. अरुण गाउँपालिका ४ चरम्बीगाँउ स्थायी ठेगाना भई हाल बुढानीलकण्ठ ४ पासीकोटमा बस्ने ४९ वर्षीय हर्कराज राई । ८. बेल्जियम स्थायी ठेगाना भई कामनपा २६ कपुरधारामा बस्ने ४० वर्षीय दावा छिरिङ । ९. चीन स्थायी ठेगाना भई हाल कामनपा २६ मा रहेको होटल भियानामा बस्ने YANG WEN १०. चीन स्थायी ठेगाना भई हाल कामनपा २६ मा रहेको होटल भियानामा बस्ने MI TIAN ११. भोजपुर स्थायी ठेगाना भई कामनपा ३२ मा बस्ने ५५ वर्षीय कृष्णकुमार श्रेष्ठ । १२. अजयमेरु गाउँपालिका १, डडेल्धुरा स्थायी ठेगाना भई हाल सूर्य विनायक नगरपालिका २ भक्तपुरमा ४९ वर्षीय पुष्कर राज भट्ट । १३. जन्तेढुङगा गाउँपालिका ४, खोटाङ स्थायी ठेगाना भई महालक्ष्मी नगरपालिका ६, ललितपुर बस्ने ४६ वर्षीय राजेन्द्र कुमार राई । १४. बलेफी गाउँपालिका ७ खाडिचौर, सिन्धुपाल्चोक स्थायी ठेगाना भई हाल सुर्यविनायक नगरपालिका ४ ठिमीमा बस्ने ३५ वर्षीय यादव पराजुली । १५. रत्ननगर नगरपालिका १२, चितवनका ३८ वर्षीय सुदर्शन गौतम । १६. मेलुङ्ग गाउँपालिका वडा नम्बर ३, घ्याङसुकाठोकर, दोलखा स्थायी ठेगाना भई कामनपा १६ स्वयम्भु, सानो भर्याङमा बस्ने ५४ वर्षीय रामकुमार भुजेल । १७. मिलुङ गाउँपालिका १, पोष्टीक स्थायी ठेगाना भएका दिलिप भुजेल । १८. चन्दकोट गाउँपालिका ६, गुल्मी स्थायी ठेगाना भई टोखा नगरपालिका ११, काठमाडौँ बस्ने ३४ वर्षीय सुमन खरेल । १९. कलैया उपमहानगरपालिका वडा नम्बर ४ बारा, कलैया बस्ने ४५ वर्षीय शिव कुमार सरार्फ । २०. भिमेश्वर नगरपालिका वडा नम्बर ११, दोलखा स्थायी ठेगाना भई हाल टोखा नगरपालिका १०, सामाखुसी, काठमाडौँ बस्ने ४५ वर्षीय किशोर बस्नेत । २१. धनगढी उप महानगरपालिका वडा नम्बर ८ क्याम्पस रोड, कैलालीका ३४ वर्षीय सन्तोष चन्द । २२. त्रिभुवन विमानस्थल, भन्सार कार्यालयमा भन्सार अधिकृत पदमा कार्यरत टोखा नगरपालिका १० खरिबोटका ५६ वर्षीय गणेश प्रसाद पौडेल । २३. सूर्य विनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल, भक्तपुर स्थायी ठेगाना भई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा ३३ वर्षीय वीरेन्द्र नेपाली । २४. त्रिभुवन विमानस्थल, भन्सार कार्यालयमा भन्सार खरिदार पदमा कार्यरत कागेश्वरी मनोहरा नगरपालिका ६, काठमाडौँका ५७ वर्षीय कुमार ढकाल । २५. काठमाडौँ महानगरपालिका १७ ढल्को खुसिवु बस्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा टेलिफोन अपरेटर पदमा कार्यरत ५० वर्षीय सरोज श्रेष्ठ । २६. गौरदह नगरपालिका १, झापा स्थायी ठेगाना भई हाल बुढानीलकण्ठ नगरपालिका १०, एकताबस्ती, काठमाडौँ बस्ने ३८ वर्षीय रुकमिना सुब्बा । २७. कलैया उपमहानगरपालिका वडा नम्बर १, कलैया बारा बस्ने स्थायी ठेगाना भएका भोला साह सोनार । ९फरार प्रतिवादी० २८. गेरुवा गाउँपालिका वडा नम्बर ४, बर्दिया स्थायी ठेगाना भई हाल कामनपा ४ चुनदेवी, काठमाडौँ बस्ने ३८ वर्षीय जीवन चलाउने । (फरार प्रतिवादी) २९. थवाङ गाउँपालिका वडा नम्बर २, रोल्पा स्थायी ठेगाना भई हाल कामनपा २६ ठमेल ज्याठामा रहेको होटल भियनाको सञ्चालक रही कामनपा २९ सामाखुशी बस्ने अमला रोका । (फरार प्रतिवादी)