काठमाडौं । आज देशभरको मौसम आंशिकदेखि सामान्यसम्म बदली रहने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यतिबेला कोशी, मधेश र बागमती प्रदेशमा मौसम आंशिक बदली छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ।
यस्तै काठमाडौं उपत्यकाको मौसम यतिबेला आंशिक बदली छ। ‘अपराह्नपछि छिटपुट हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद् मानन्धरले भनिन्।
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा साथै देशका बाँकी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यसैगरी राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । आजलाई भारी वर्षाको सम्भावना भने कतै नदेखिएको मौसमविद् मानन्धरले बताइन्।
महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ– देशका पहाडी भूभागका केही स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम रहने हुँदा सोबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
आज कहाँ-कहाँ पर्दैछ पानी ?
यस्तै काठमाडौं उपत्यकाको मौसम यतिबेला आंशिक बदली छ। ‘अपराह्नपछि छिटपुट हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद् मानन्धरले भनिन्।

