सरकारले १५ प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी ल्याउने

सरकारले चाडपर्व लक्षित २० हजार टन चिनी ल्याउने भएको छ। सो परिमाणको चिनी ल्याउन अर्थ मन्त्रालयले ५० प्रतिशत भन्सार छुट दिएको अर्थ मन्त्रालयाका प्रवक्ता धनीराम शर्माले जानकारी दिएका छन्।

सरकारले १५ प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी ल्याउने
काठमाडौं । सरकारले चाडपर्व लक्षित २० हजार टन चिनी ल्याउने भएको छ। सो परिमाणको चिनी ल्याउन अर्थ मन्त्रालयले ५० प्रतिशत भन्सार छुट दिएको अर्थ मन्त्रालयाका प्रवक्ता धनीराम शर्माले जानकारी दिएका छन्। चाडपर्वका लागि चिनी ल्याउन हामीले ५० प्रतिशत छुट दिएका छौं,ु उनले भने। चिनी आयात गर्दा ३० प्रतिशत भन्सार लाग्दै आएकोमा अर्थले छुट दिएपछि १५ प्रतिशत भन्सार तिरे पुग्छ। सो परिमाणको चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार र साल्ट ट्रेडिङ कर्पोरेशनले १० हजार टन ल्याउने छ। चिनी आयातमा भन्सार छुट दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तव गरेको थियो।