काठमाडौं । १६ दिन देखि बेपत्ता रहेका नेपाली सेनाका मेजर विमल पण्डितको शव फेला परेको छ। डोल्पास्थित नन्द बक्स ब्यारेकमा कार्यरत ३८ वर्षीया पण्डितको शव त्रिपुराकोट नगरपालिका-५ चिन्डेबगरस्थित भेरी नदीमा फेला परेको प्रहरीले जनाएको छ।
काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाछी घर भएका मेजर पण्डित सम्पर्कविहीन बनेका थिए। उनको शव १६ दिनपछि भेटिएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरीक्षक रुद्रबहादुर शाहीले बताए।
मेजरको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। इभिनिङ वाक जान्छुु भन्दै गत भदौ १० गते उनी ब्यारेक बाहिर निस्किएका थिए।
१६ दिनपछि मेजर पण्डितको शव फेला
१६ दिन देखि बेपत्ता रहेका नेपाली सेनाका मेजर विमल पण्डितको शव फेला परेको छ। डोल्पास्थित नन्द बक्स ब्यारेकमा कार्यरत ३८ वर्षीया पण्डितको शव त्रिपुराकोट नगरपालिका-५ चिन्डेबगरस्थित भेरी नदीमा फेला परेको प्रहरीले जनाएको छ।

