जातीय द्वन्द्वको षड्यन्त्र सफल हुन दिँदैनौँ : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय द्वन्द्व फैलिने खालका कुनै पनि षड्यन्त्र सफल हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

जातीय द्वन्द्वको षड्यन्त्र सफल हुन दिँदैनौँ  : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय द्वन्द्व फैलिने खालका कुनै पनि षड्यन्त्र सफल हुन नदिने प्रतिबद्धता जनाएका छन् । सोमबार ललितपुरमा ज्यापु समाजको ३१औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जाति र भाषाको नाममा समुदायबीच द्वन्द्व उत्पन्न गराउने दुष्प्रयत्न भइरहेको भन्दै नेपालीबीचको सद्भाव सहिष्णुताको विशेषतालाई कमजोर पार्ने कुनै पनि षडयन्त्र सफल हुन नदिने बताएका हुन् । ‘जातीय भाषिक समुदायको बीच धार्मिक समुदायको बीच द्वन्द्व, संघर्ष पैदा गराउने एउटा वा अर्को कोणबाट दुष्प्रयत्न भइरहेको पनि हामी देख्न सक्छौँ । जो अन्जानमात्यस्तो काममा सामेल हुनुभएको छ,’ उनले भने, ‘उहाँहरूले हाम्रो मौलिक पहिचान बुझिदिनुहोला र आफूलाई सच्याउनु होला । जसले नियोजित ढंगले यस्तो काम गरेको छ । नेपालीहरूबीच सद्भाव सहिष्णुताको विशेषतालाई कमजोर हुनदिने छैनौँ कुनै पनि षड्यन्त्र सफल हुनदिने छैनौँ ।’ उनले समाजलाई आधुनिकीकरण गर्ने नाममा आफ्नो परम्परा र संस्कृतिलाई बिर्सन नमिल्ने तर्क गरे ।