काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन गोल्ड प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो। आइतबार फाइन गोल्ड प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तोलामा १० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।
बढ्यो सुनको मूल्य
नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन गोल्ड प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

