बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् ।
विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन्, भने उपसचिव (पुरुष)मा पूर्ण बुढा मगर ४१८ मत पाउँदै विजयी भएका छन् । उपसचिव (महिला)मा भने लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित भएकी छन् ।
एमाले लुम्बिनी अधिवेशन : रिजाललाई २ मतले हराउँदै कँडेल बने अध्यक्ष