विश्वकपका लागि भारतीय टोली घोषणा

एक महिनापछि भारतमा सुरू हुने विश्वकपका लागि घरेलु टोली घोषणा भएको छ। १५ सदस्यीय भारतीय टोलीको कप्तानमा रोहित शर्मा रहनेछन्।

विश्वकपका लागि भारतीय टोली घोषणा
काठमाडौं । एक महिनापछि भारतमा सुरू हुने विश्वकपका लागि घरेलु टोली घोषणा भएको छ। १५ सदस्यीय भारतीय टोलीको कप्तानमा रोहित शर्मा रहनेछन्। हार्दिक पान्ड्या भने उपकप्तान रहने बीसीसीआईले जनाएको छ। साथै टिममा शुभमन् गिल, विराट कोहली, श्रेयस अय्यर, इशान किशन, केएल राहुल, सूर्यकुमार यादव, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज र कुलदीप यादव हुनेछन्। टिम छनोट समितिका अध्यक्ष अजित अगरकर श्रीलंका पुगेका छन्। श्रीलंकामै उनले भारतीय टिमका कप्तान रोहित शर्मा र मुख्य प्रशिक्षक राहुल द्रविडका साथ भएको बैठकमा उल्लिखित १५ नाममाथि मन्जुरी दिएका हुन्। विश्वकपका लागि टिमको नाम सार्वजनिक गर्नका लागि आईसीसीले आजसम्मका लागि समय दिएको थियो।