६० किलो सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६०किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपश पुनसँग बयान लिएको छ ।

६० किलो सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपश पुनसँग बयान लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चेकजाँचपछि पास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागले ब्रेक सु मा लुकाएर ल्याएको उक्त परिणामको सुन सिनामंगलबाट बरामद गरेको थियो । सोही प्रकरणमा जोडिएका चिनियाँ मूलका दावा छिरिङसँग दिपेशको सम्पर्क देखिएको भन्दै उनीमाथि प्रश्न उठ्दै आएको थियो । सोही प्रकरणमा सीआईबीले दिपेशसँग सोधपुछ गरेको हो । प्रहरी स्रोतका अनुसार सीआईबीले दिपेशलाई बोलाएर सोधपुछ गरेको थियो ।