किन बन्द भयो 'रुटिन अफ नेपाल बन्द' पेज ?

मेयर साहले महानगरको गाडीलाई सरकारले रोकेको भन्दै सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस लेखेका थिए । त्यसलाई लिएर बालेनको तीव्र आलोचना भएको थियो ।

किन बन्द भयो 'रुटिन अफ नेपाल बन्द' पेज ?
काठमाडौं । लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि ‘प्रेसर थाम्न नसकेर’ पेज बन्दको निर्णय लिइएको बताइएकाे छ । उक्त पेजका सञ्चालक भिक्टर पौडेलले केही बेरअघि फेसबुकमा 'अब अट्याक गर्नु पर्दैन, स्वार्थले खोलिएको थिएन, त्यसैले.... बाँकी कुरा पछि गरौंला' भन्दै स्टाटस लेखेका छन् । मेयर साहले महानगरको गाडीलाई सरकारले रोकेको भन्दै सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस लेखेका थिए । त्यसलाई लिएर बालेनको तीव्र आलोचना भएको थियो । भोलिपल्ट बिहानै रुटिन अफ नेपाल बन्दले बालेनको पुत्रीलाभको खबर सार्वजनिक गर्‍यो । तर, समाचारमा पुत्री लाभ केही दिन पहिल्यै भएको उल्लेख थिएन । बालेनमाथि भइरहेको आलोचनालाई डाइभर्ट गर्न भर्खरै सन्तानलाभ भएको जसरी खबर प्रकाशन गरेको आरोप रुटिनमाथि लागेको थियो । पछि उक्त पेजले आफ्नो स्टाटस सच्याएर ‘केही दिनअघि’ भनेर थप्यो । स्रोतका अनुसार विवादमा परेपछि रुटिनले अस्थाइरुपमा पेज बन्द गरेको हो ।