काठमाडौं । सप्तरीबाट निर्वाचित प्रदेशसभाका स्वतन्त्र सदस्य अनिरुद्धकुमार सिंह पक्राउ परेका छन् ।
मुलतबी रहेको ज्यान मुद्दाका आरोपी रहेका प्रदेशसभा सदस्य सिंहलाई सोमबार दिउँसो राजविराजबाट नियन्त्रणमा लिइएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपी हुन्।
पक्राउ गरिएका प्रदेशसभा सदस्य सिंहलाई अदालतमा पेस गरिएको बताए। विगतमा जनता समाजवादी पार्टीमा रहेका सिंह गत प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४९२० बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए।
प्रदेश सांसद अनिरुद्धकुमार सिंह पक्राउ
मुलतबी रहेको ज्यान मुद्दाका आरोपी रहेका प्रदेशसभा सदस्य सिंहलाई सोमबार दिउँसो राजविराजबाट नियन्त्रणमा लिइएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए।