काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले धम्की पूर्ण स्टाटस हटाएका छन् । शनिबार राति सिंहदरबारमा आगो लगाइदिने चेतावनीसहितको स्टाटस् राखेका बालेनले अहिले हटाएका हुन् ।
उनले फेसबुकमा लेखेका थिए, ‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
उक्त स्टाटसको जनस्तरबाटै चर्को आलोचना भएको थियो । यद्यपि उनले स्टाटस् हटाएका हुन वा आफूले मात्र हेर्न मिल्ने बनाएको हुन् त्यो भनेको खुलेको छैन ।
बालेन आक्रोशित हुनुको कारण उनकी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्ने अनुमान गरिएको थियो । यसबारे उनको सचिवालयले सबिना काफ्लेमाथि असभ्य व्यवहार गरिएको भन्ने आशयको स्पष्टीकरण सार्वजनिक गरेको छ ।
मेयर बालेनले हटाए धम्कीपूर्ण फेसबुक स्टाटस
उनले फेसबुकमा लेखेका थिए, ‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’