केरुङ नाकामा १ केजी सुन जुत्ताभित्रबाट बरामद

गोसाईकुण्ड गाउँपालिका-२ स्थित सडकबाट ४१ वर्षीया पाछेमु तामाङ गुरुङले जुत्ताभित्र लुकाइएको अवस्थामा उक्त सुन शनिबार बरामद भएको हो।

केरुङ नाकामा १ केजी सुन जुत्ताभित्रबाट बरामद
काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै रसुवागढीबाट नेपालतर्फ छिराइसकेको अवस्थामा एक किलो सुन बरामद गरेको छ । गोसाईकुण्ड गाउँपालिका-२ स्थित सडकबाट ४१ वर्षीया पाछेमु तामाङ गुरुङले जुत्ताभित्र लुकाइएको अवस्थामा उक्त सुन शनिबार बरामद भएको हो। इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरी निरीक्षकको टोली, सशस्‍त्र प्रहरी र रसुवा भन्सार कार्यालयका कर्मचारीसहितले चीनबाट नेपाल आउँदै गरेका गोसाईकुण्ड(२ का ४१ वर्षीया पाछेमु तामाङ गुरुङबाट उक्त सुन बरामद गरेको ह। उनलाई उक्त सुनसहित थप अनुसन्धानका लागि धुन्चेस्थित जिल्ला प्रहरी कार्यालयमा पठाइएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।