प्रचण्डको घोषणा : आत्मालोचनासहित आजबाट जनतामाझ गएका छौँ

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले गरेको गल्तीलाई सुधारेर आत्मालोचनासहित आजबाट रूपान्तरण अभियानमार्फत जनतामाझ गएको बताएका छन् ।

प्रचण्डको घोषणा  : आत्मालोचनासहित आजबाट जनतामाझ गएका छौँ
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले गरेको गल्तीलाई सुधारेर आत्मालोचनासहित आजबाट रूपान्तरण अभियानमार्फत जनतामाझ गएको बताएका छन् । शनिबार बिहान ‘जनतासँग माओवादी स् विशेष रूपान्तरण’ अभियानको पार्टी केन्द्रीय कार्यालयबाट उद्‍घाटन गर्दै अध्यक्ष दाहालले नेपाली समाजको परिवर्तनका लागि पार्टीले गरेको संघर्ष र नेतृत्वको चर्चा गर्दै पार्टीले बाटो बिराएकाप्रति आजबाट आत्मालोचना गरेर जनतामाझ गएको बताए । उनले आफूहरू सुध्रिन चाहेको कुरा जनतालाई बताएरै माफी माग्न आग्रह गरे । ‘हामीले जनतालाई विश्वास दिलाउनु पर्दछ, नेपाली समाजको परिवर्तन र रूपान्तरण माओवादीले नै गर्न सक्दछ । माओवादीकै नेतृत्वमा मात्रै समृद्ध नेपाल सम्भव छ,’ प्रधानमन्त्री दाहालले भने, ‘कमरेडहरू, जनतासँग हामीले भन्न सक्नुपर्छ हाम्रा गल्ती कमजोरीका लागि हामी आत्मालोचित हुन चाहन्छौँ । हामी सुध्रिन चाहन्छौँ । त्यसका लागि अभियानसहित तपाईंहरूको घरदैलोमा छौँ ।’