काठमाडौं । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिबार (भोलि)देखि थाल्ने भएको छ । पार्टी मुख्यालय परिसडाँडामा बिहीबार प्रत्रकार सम्मेलन गरी माओवादीले अभियानका बारेमा जानकारी दिएको हो ।
माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार गत साउन २१ गते सम्पन्न केन्द्रीय समितिको निर्णय बमोजिम शनिबारदेखि यो अभियानको थलानी गर्न लागिएको हो । अभियान अन्तर्गत कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी उनीहरुको धारणा सुन्ने माओवादीको लक्ष्य रहेको छ ।
शनिबार दिउँसो ९ बजे अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्ययमाबाट अभियानको उद्घाटन गर्ने बताइएको छ । दिउँसो १ बजे स्थानीय तहमा कार्यक्रम राखी अभियानको सुरुवात गरिने तालिका तय भएको छ । जसका लागि पार्टी पदाधिकारीहरु जिम्मेवारी र खटाइएको क्षेत्रमा परिचालन भइसकेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
पार्टी पुनर्निमाणका रुपमा आयोजना गरिएको यस अभियानमा केन्द्रीय नेतासमेत वडा तह पुग्ने छन् । जसअनुसार अध्यक्ष दाहाल काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं २, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका–२८, उपाध्यक्षमा कृष्णबहादुर महरा रोल्पाको सुनछहारी गाउँपालिकाको कार्यक्रममा सहभागी हुने प्रवक्ता सापकोटाले बताए ।
पार्टीका उपाध्यक्षसमेत रहेका सापकोटालाई भने लिसंखुपाखर–३ सिन्धुपाल्चोकमा खटाइएको छ ।
माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको नारा ‘घर(घरमा माओवादी, जन(जनमा माओवादी’ राखेको छ । कार्यक्रम तीन महिनासम्म चल्ने बताइएको छ ।
२५ लाख मतदातालाई भेट्दै माओवादी नेताहरू
नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिबार (भोलि)देखि थाल्ने भएको छ । पार्टी मुख्यालय परिसडाँडामा बिहीबार प्रत्रकार सम्मेलन गरी माओवादीले अभियानका बारेमा जानकारी दिएको हो ।

