पाकिस्तानविरुद्ध नेपालले पहिलो ओभरमै २ विकेट गुमायो

एसिया कप क्रिकेटअन्तर्गत जारी खेलमा नेपालले पाकिस्तानविरुद्ध शुरुमै २ विकेट गुमाएको छ । कप्तान रोहित पौडेल शून्य रनमै आउट भएसँगै नेपालले दोस्रो विकेट गुमाएको हो ।

पाकिस्तानविरुद्ध नेपालले पहिलो ओभरमै २ विकेट गुमायो
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत जारी खेलमा नेपालले पाकिस्तानविरुद्ध शुरुमै २ विकेट गुमाएको छ । कप्तान रोहित पौडेल शून्य रनमै आउट भएसँगै नेपालले दोस्रो विकेट गुमाएको हो । पहिलो विकेटको रुपमा कुशल भुर्तेल ८ रनमा आउट भएका थिए । उनले शुरूमै लगातार २ चौका हानेर आउट भएका हुन् । पहिलो ओभरको समाप्तिमा नेपालले १० रन बनाउँदा २ विकेट गुमाएको हो ।