सुन तस्करी प्रकरण : भारतबाट किशोर बस्नेत पक्राउ

बस्नेत यसअघि पक्राउ परेका दावा छिरिङको विश्वास पात्र भएको र उनीबाट गिरोहबारे महत्वपूर्ण सूचना फेला पर्ने प्रहरीको अपेक्षाछ । यो घटना बाहिरिन साथै बस्नेत भारत भागेका थिए । सीआईबीले भारतीय समकक्षीको समन्वयमा बस्नेतलाई नेपाल ल्याएको हो।

सुन तस्करी प्रकरण : भारतबाट किशोर बस्नेत पक्राउ
काठमाडौं । साढे ६० किलोग्राम सुन तस्करी प्रकरणमा प्रहरीले किशोर बस्नेतलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले बस्नेत पक्राउ परेको पुष्टि गरिन् । बस्नेत यसअघि पक्राउ परेका दावा छिरिङको विश्वास पात्र भएको र उनीबाट गिरोहबारे महत्वपूर्ण सूचना फेला पर्ने प्रहरीको अपेक्षाछ । यो घटना बाहिरिन साथै बस्नेत भारत भागेका थिए । सीआईबीले भारतीय समकक्षीको समन्वयमा बस्नेतलाई नेपाल ल्याएको हो। साउन ३ गते त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुरक्षा जाँचपछि बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले जफत गरेको थियो। दावा यो प्रकरणमा पक्राउ परेका हालसम्मका सबैभन्दा उच्च तहका आरोपित हुन्। यो समूहले चीन, हङकङ, दुबईबाट सुन नेपाल ल्याएर भारतीय बजारमा आपूर्ति गर्दै आएको प्रहरीको भनाइ छ। विद्युतीय सामग्रीभित्र लुकाएर ल्याएको सुन नेपालमा पगालेर भारत पुर्‍याउने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। राजस्व अनुसन्धान विभागले काठमाडौंको टोखा, बालुवाटार लगायतका क्षेत्रमा सुन गाल्ने मेसिनसहितको गोदाम समेत फेला पारेको थियो। तर, प्रहरीले तस्कर गिरोहको उपल्लो तह छिचोल्न भने सकेको छैन। संगठित अपराध र सुन तस्करीको अनुसन्धानको ६० दिने म्याद अन्तिम चरणमा पुगेकाले गिरोहका जालो छिचोल्न प्रहरीलाई दबाब छ।