गुल्मीबाट काठमाडौं आउँदै गरेको स्कारपिओ पहिरोमा पुरिँदा तीन जनाको मृत्यु

बुधबार बिहान गुल्मीबाट काठमाडौंको लागि छुटेको लु १ ज ४६०० नम्बरको जीप पहिरोमा पुरिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

गुल्मीबाट काठमाडौं आउँदै गरेको स्कारपिओ पहिरोमा पुरिँदा तीन जनाको मृत्यु
काठमाडौं । यात्रु लिएर काठमाडौं आउँदै गरेको स्कारपिओ पाल्पामा पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ। बुधबार बिहान गुल्मीबाट काठमाडौंको लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारपिओ पहिरोमा पुरिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। पाल्पाको रिब्दिकोट गाउँपालिका २ जोर्तेमा बिहान सवा ८ बजे जीपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिए। ‘दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ,’ डीएसपी थापाले भने, ‘घाइतेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेजमा लगिएको छ।’