दुई सिडिओसहित तीन सहसचिवको सरुवा

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई गृह मन्त्रालय सरुवा गरिएको छ भने काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई धनकुटा पठाइएको छ ।

दुई सिडिओसहित तीन सहसचिवको सरुवा
काठमाडौं । दुई सिडिओसहित तीन सहसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले धनकुटा र काभ्रेका सिडिओ र गृहका एक सहसचिवको सरुवा गरेको हो । गृहमन्त्रालयका अनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई गृह मन्त्रालय सरुवा गरिएको छ भने काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई धनकुटा पठाइएको छ । यस्तै गृह मन्त्रालयका सहसचिव रूद्रादेवी शर्मालाई काभ्रेको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।