बूढानीलकण्ठबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँको बूढानीलकण्ठबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्। ‘यूएस मेड’ पेस्तोलसहित प्रहरीले एक जना पक्राउ परेका हुन्।

बूढानीलकण्ठबाट पेस्तोलसहित एक जना पक्राउ
काठमाडौं। काठमाडौँको बूढानीलकण्ठबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्। ‘यूएस मेड’ पेस्तोलसहित प्रहरीले एक जना पक्राउ परेका हुन्। गत शुक्रवार काठमाडौँ चाबहिलका सुलभ भनिने सुरज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो। विभिन्न अपराधमा ५ वर्ष कैद भुक्तान गरिसकेका श्रेष्ठलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए। पक्राउ परेका व्यक्ति र जफत भएको पेस्तोल सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।