गोलभेडाको भाउ घट्यो

आज नेपाली ठूलो गोलभेडाको प्रतिकिलो औसत मूल्य ७५ रुपैयाँ रहेको छ। यस्तै, आज भारतीय ठूलो गोलभेडाको प्रतिकिलो ९५ रुपैयाँ तय भएको छ। शनिबार नेपाली ठूलो गोलभेडाको ८५ रुपैयाँ र भारतीय ठूलो गोलभेडाको १०५ रुपैयाँ थियो।

गोलभेडाको भाउ घट्यो
काठमाडौं । कालीमाटी तरकारी बजारमा आज गोलभेडाको भाउ घटेको छ। नेपाली र भारतीय दुबै गोलभेडाको औसत मूल्य आज घटेको हो। आज नेपाली ठूलो गोलभेडाको प्रतिकिलो औसत मूल्य ७५ रुपैयाँ रहेको छ। यस्तै, आज भारतीय ठूलो गोलभेडाको प्रतिकिलो ९५ रुपैयाँ तय भएको छ। शनिबार नेपाली ठूलो गोलभेडाको ८५ रुपैयाँ र भारतीय ठूलो गोलभेडाको १०५ रुपैयाँ थियो। आज रातो आलुको मूल्य प्रतिकिलो ५३ रुपैयाँ र भारतीय रातो आलुको ३५.३३ रुपैयाँ तय भएको छ। कालीमाटीमा आज हरियो धनियाको मूल्य बढेको छ। शनिबारभन्दा धनियाको मूल्य करिब ३५ रुपैयाँले वृद्धि भएको छ। हिजो हरियो धनियाको प्रतिकिलो औसत मूल्य १८७.५० रुपैयाँ रहेकोमा आज २२३.३३ रुपैयाँ रहेको छ।