निषेधाज्ञासँगै धरानमा कडा सुरक्षा

सम्भावित झडपको जोखिम रोक्न प्रशासनले धरान प्रवेशमा कडाइ गरेको छ। आज अर्थात् शनिवार तय भएको धार्मिक र्‍यालीले निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले धरान प्रवेशमा कडाइ गरेको हो।

निषेधाज्ञासँगै धरानमा कडा सुरक्षा
विराटनगर । सम्भावित झडपको जोखिम रोक्न प्रशासनले धरान प्रवेशमा कडाइ गरेको छ। आज अर्थात् शनिवार तय भएको धार्मिक र्‍यालीले निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले धरान प्रवेशमा कडाइ गरेको हो। गोरु काटेर मासु खाएको भिडियो सार्वजनिक भएसँगै त्यसको विरुद्धमा विभिन्न हिन्दू संगठनले धरानमा धार्मिक र्‍याली आयोजना गरेका हुन्। र्‍यालीले उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। धरानमा प्रशासनले शनिबार रातिसम्मका लागि शुक्रबार नै निषेधाज्ञा जारी गरेको हो।