बागमती नदी महोत्सव जलयात्रा भोलि

शनिबार बागमतीमा महाजलयात्रा हुने भएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले हरेक वर्ष बागमतीमा यस्तो महोत्सव गर्दै आइरहेको छ ।

बागमती नदी महोत्सव जलयात्रा भोलि
काठमाडौं । शनिबार बागमतीमा महाजलयात्रा हुने भएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले हरेक वर्ष बागमतीमा यस्तो महोत्सव गर्दै आइरहेको छ । सोही क्रममा शनिबार बागमती रिभर फेस्टिबल २०२३ आयोजना गर्न लागिएको नाराले जनाएको छ । नाराका अनुसार शनिबार बिहान ७ बजे कुपण्डोलस्थित किनारमा भेला भई महोत्सव प्रारम्भ गरिने भएको छ । बागमती नदीलाई सफा, वातावरणमैत्री र सम्पदा संरक्षणको उद्देश्यसहित यस्तो महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । नदीमा र्‍याफ्टिङसँग पञ्चेबाजा, धिमेबाजासहितको संगितसहितको महोत्सव हुने भएको हो ।