दुधकोशी र कमला नदीमा बढ्यो जल सतह, सतर्कता अपनाउन आग्रह

निरन्तरको वर्षाले नदीहरूमा जल सतह उच्च भएपछि सिराहाको स्थानीय प्रशासनले दुधकोशी र कमला नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन भनेको हो । दुधकोशी र कमला नदीमा जल सतह खतराको तह भन्दा माथि पुगेको छ ।

दुधकोशी र कमला नदीमा बढ्यो जल सतह, सतर्कता अपनाउन आग्रह
काठमाडौं । निरन्तरको वर्षाले नदीहरूमा जल सतह उच्च भएपछि सिराहाको स्थानीय प्रशासनले दुधकोशी र कमला नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन भनेको हो । दुधकोशी र कमला नदीमा जल सतह खतराको तह भन्दा माथि पुगेको छ । खोटाङको रबुवा बजारमा दुधकोशीमा पानीको सतह ६ मिटर नाघेको छ भने सिन्धुलीको रानीबासमा कमला नदीको जल सतह झण्डै ४ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । प्रशासनले सिराहामा पछिल्लो २४ घण्टामा १ सय ९ मिलिमिटर वर्षा भएपछि सतर्कता अपनाउन आग्रह गरेको हो । आज, शुक्रबार बिहान मात्रै सिराहामा ४९ दशमलव ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।