नापी कार्यालय लहानका अमिन यादव घुससहित पक्राउ

नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दिपरन्जन यादव १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

नापी कार्यालय लहानका अमिन यादव घुससहित पक्राउ
काठमाडौं । नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दिपरन्जन यादव १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग यादवलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो। यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुसररिसवत माग गरेको अख्तियारले जनाएको छ।