धादिङ बस दुर्घटना : बसमा सवार मध्ये १७ जनाकाे परिचय खुल्यो

उद्धारमा खटिएका स्थानीयवासीका अनुसार मृत्यु हुनेमा एक बालिका र एक महिलासहित आठ जना छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसमा सवारमध्ये १७ जना घाइते छन् ।

धादिङ बस दुर्घटना : बसमा सवार मध्ये १७ जनाकाे परिचय खुल्यो
काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा भएको बस दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो । उद्धारमा खटिएका स्थानीयवासीका अनुसार मृत्यु हुनेमा एक बालिका र एक महिलासहित आठ जना छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसमा सवारमध्ये १७ जना घाइते छन् । उद्धार गरिएकाहरूमध्ये १३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बस नदीमा डुबेकाले यात्रु डुबेको या खोलाले बगाएको आशंकामा गोताखोरको टोलीले थप यात्रुको खोजी गरिरहेको छ । बसमा सवार यात्रुहरुको विवरण १. राधिका सापकोटा, कुश्मा २. सुष्मा क्षेत्री, बागलुङ ३. ज्ञानु बुढा मगर, बागलुङ गलकोट ४. खड्क कुमार श्रेष्ठ, बेनी ५. गिता जुग्जाली, म्याग्दी ६. हरिकला गौडेल, पर्वत ७. अन्जु राना मगर, म्याग्दी ८. बबिन पुन, म्याग्दी ९ एक जना बंगलादेशी नागरिक १०. रिना मगर, म्याग्दी ११ रोशन तमाङ, नुवाकोट, सहचालक १२ दिपक ठकुरी, चालक १३ कुशल अधिकारी, पोखरा १४. प्रविन पुन, बेनी १५ झपटबहादुर क्षेत्री, नयाँ पुल, पोखरा १६ गुरुदत्त पौडेल, नयाँ पुल, पोखरा १७ धनबहादुर भण्डारी, पोखरा