ललिता निवास जग्गा प्रकरणमा मुछिएका माधव नेपालसँग समेत सीआईबीले बयान लियो

ललिता निवास जग्गा घोटाला प्रकरणमा अनुसन्धान व्यूरो (सीआईबी) ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ । सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग समेत बयान लिइसकेको छ ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका माधव नेपालसँग समेत सीआईबीले बयान लियो
काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा अनुसन्धान व्यूरो (सीआईबी) ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ । सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग समेत बयान लिइसकेको छ । सीआईबीकी प्रमुख आईजी किरण बज्राचार्यले नेपालसँग पनि बयान लिइएको जानकारी दिइन् । सीआईबीले साउन २८ मा पूर्व मुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएको थियो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्य सचिव थिए ।