श्रीमानसंगै सुतेकी महिला मृत अवस्थामा फेला

नुवाकोटको ककनीमा एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छन् ।ककनी गाउँपालिका–१ ठूलोखोलामा सुतेकै अवस्थामा पाँचथर घर भएकी ४६ वर्षीया मन कुमारी सारुमगर मृत फेला परेकी हुन् ।

श्रीमानसंगै सुतेकी महिला मृत अवस्थामा फेला
काठमाडौं । नुवाकोटको ककनीमा एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छन् ।ककनी गाउँपालिका–१ ठूलोखोलामा सुतेकै अवस्थामा पाँचथर घर भएकी ४६ वर्षीया मन कुमारी सारुमगर मृत फेला परेकी हुन् । उनी ठूलोखोलामा निर्माणाधीन कोल्डस्टोर भवनमा श्रीमान् सन्तोषसँगै मजदुरको रुपमा कार्यरत थिइन् । उनीहरु आइतबार राति सोही भवनमा सुतेका थिए । राति श्रीमानले बोलाउँदा नबोलेपछि उठेर हेर्दा उनी मृत अवस्थामा देखिएको जानकारी सन्तोषले प्रहरीलाई गराएका छन् ।