उपसभामुख काठमाडौं हिँडेपछि कोशी प्रदेशसभा बैठक अनिश्चित

कोसी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले आफू बिरामी परेको भन्दै प्रदेशसभा बैठक सञ्चालन गर्न असमर्थ रहेको जानकारी गराएकी छन् । सोमबार उनले प्रदेससभा सचिवालयलाई यस्तो जानकारी गराएकी हुन् ।

उपसभामुख काठमाडौं हिँडेपछि कोशी प्रदेशसभा बैठक अनिश्चित
विराटगनर । कोसी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले आफू बिरामी परेको भन्दै प्रदेशसभा बैठक सञ्चालन गर्न असमर्थ रहेको जानकारी गराएकी छन् । सोमबार उनले प्रदेससभा सचिवालयलाई यस्तो जानकारी गराएकी हुन् । अचानक बिरामी परेको भन्दै उनले आज र यसपछाडिका बैठक सञ्चालन गर्न नसक्ने सचिवालयलाई लिखित जानकारी गराएकी छन् । उपचार गराउन बाहिर जानुपरेको उनको पत्रमा उल्लेख छ । उनी आजै बिहान सवा ८ बजेको विमानबाट काठमाडौंतर्फ गएकी छिन् । आफैँले सोमबार बिहान ८ बजेका लागि बोलाएको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत दनुवार उपस्थित भइनन् ।