कुमारी बैंकको एटीएम, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा अवरुद्ध

कुमारी बैंकको एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सेवा अवरुद्ध भएका छन् । बैंकले सिस्टम अपग्रेडेसन र डेटा माइग्रेसनको काम गरिरहेकाले यी सेवा नचलेका हुन् ।

कुमारी बैंकको एटीएम, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा अवरुद्ध
काठमाडौं । कुमारी बैंकको एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सेवा अवरुद्ध भएका छन् । बैंकले सिस्टम अपग्रेडेसन र डेटा माइग्रेसनको काम गरिरहेकाले यी सेवा नचलेका हुन् । बैंकले एक सूचना जारी गर्दै शनिबार बिहान ४ बजेदेखि आइतबार बिहान ९ बजेसम्म सेवा अवरुद्ध हुने जानकारी दिएको छ । “ग्राहकलाई सहज तथा सुलभ तवरले बैंकिङ्ग सुविधाहरू प्रदान गर्न हामीले प्रयोग गर्दै आएक कोर बैङ्किक सफ्टवेयर फिनाकलको थप परिष्कृत भर्सनमा स्तरोन्नति गर्न लागेकाले होलिडे काउन्टर, एटीएम, डेबिट कार्ड, आस्वा सेवा, कनेक्ट आईपीएस इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ अवरुद्ध हुने जानकारी गराउँदछौं,” बैङ्कले सूचनामा लेखेको छ ।