फेसबुक स्ट्याटस लेख्दै विदा भए वडाध्यक्ष घिमिरे

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । शनिवार बिहान करिब ५ बजे आसपास फेसबुकमा भावुक स्टाटस लेखेका थिए । उनले फेसबुकमा लेखेका थिए- परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिता: साथ निभाउन सकेन । मलाई म…

फेसबुक स्ट्याटस लेख्दै विदा भए वडाध्यक्ष घिमिरे
गुल्मी  । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । शनिवार बिहान करिब ५ बजे आसपास फेसबुकमा भावुक स्टाटस लेखेका थिए । उनले फेसबुकमा लेखेका थिए- परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिता: साथ निभाउन सकेन । मलाई माफ गरे।  घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा । घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। शुक्रवार अपराह्न घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको पारिवारिक श्रोतले जनाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन् ।