काठमाडौं । दाङको निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक गिरी विजयी भएका छन् । उनी ३६ हजार आठ सय ४२ मत प्राप्त गरी विजयी भएका हुन् ।
गिरीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरिन् । निर्वाचन अधिकृत डोलनाथ न्यौपानेका अनुसार गिरीले वलीलाई सात हजार आठ सय १० मतान्तरले पराजित गरेका हुन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत प्राप्त गरे। दाङ क्षेत्र नं. ३ मा कूल एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकामा ९० हजार एक सय ५० जनाले मतदान गरेका थिए ।
दाङ–३ बाट कांग्रेसका दीपक गिरीको जित
दाङको निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक गिरी विजयी भएका छन् ।

