सन्दीप विरुद्धको बलात्कार मुद्दामा पीडित बालिका र आमाको जन्ममिति यकीन गर्न आदेश

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्म मितिसम्बन्धी कागजात मगाउने आदेश दिएको छ । बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै जन्म मिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ ।

सन्दीप विरुद्धको बलात्कार मुद्दामा पीडित बालिका र आमाको जन्ममिति यकीन गर्न आदेश
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्म मितिसम्बन्धी कागजात मगाउने आदेश दिएको छ । बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै जन्म मिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ । कागजातमा किशोरी उनकी आमा ९ वर्षकी हुँदै जन्मिएको देखिन्छ। उक्त विवरण नमिलेको देखिँदा आमाको उमेर एकिन गर्न कागजात मगाइएको हो ।