बढ्यो गाडी भाडा, कहाँको कति ? (सूचीसहित)

सरकारले इन्धनको मूल्य बढाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि बढेको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायात तथा मालबाहक सवारीको भाडा करिब ५ प्रतिशतसम्म बढाएको हो ।

बढ्यो गाडी भाडा, कहाँको कति ? (सूचीसहित)
काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि बढेको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायात तथा मालबाहक सवारीको भाडा करिब ५ प्रतिशतसम्म बढाएको हो । विभागले सार्वजनिक गरेको सूचना अनुसार आजैबाट लागू हुने गरी यात्रुबाहक सवारीमा ४.७० प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.१५ र तराईको बाटोमा सञ्चालन हुने सवारीमा ६.८३ प्रतिशतसम्म सवारी भाडा बढेको विभागले जनाएको छ । सूची :