विमानस्थलबाट बरामद गरिएको सुनको तौल ६० किलो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद सुनको तौल करीब ६० किलो मात्र रहेको राष्ट्र बैंकले जनाएको छ । सय किलो रहेको भनी अनुमान गरिए पनि ब्रेक प्याडुबाट निकालिएको सुनको परिमाण ६० किलो ७८९ रहेको राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए ।

विमानस्थलबाट बरामद गरिएको सुनको तौल ६० किलो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद सुनको तौल करीब ६० किलो मात्र रहेको राष्ट्र बैंकले जनाएको छ । सय किलो रहेको भनी अनुमान गरिए पनि ब्रेक प्याडुबाट निकालिएको सुनको परिमाण ६० किलो ७८९ रहेको राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए । यसलाई गालेर जोख्न बाँकी रहेकाले अझै केही तौल घट्न सक्ने राष्ट्र बैंक स्रोतले जनाएको छ । राजस्व अनुसन्धान विभागले सिनामंगलबाट साउन २ गते १४५ किलो तौल बराबरको ब्रेक शुु बरामद गरेको थियो । बरामद गरेको २७ दिनपछि सुनको तौल लिइएको हो ।