नक्कली शरणार्थी प्रकरण : थप १८ जनाले दिए जाहेरी

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको करोडौं ठगी प्रकरणमा थप जाहेरी परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा थप पीडितले जाहेरी दिएका हुन्।

नक्कली शरणार्थी प्रकरण : थप १८ जनाले दिए जाहेरी
काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको करोडौं ठगी प्रकरणमा थप जाहेरी परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा थप पीडितले जाहेरी दिएका हुन्। उनीहरुले १ करोड ८५ लाख ९२ हजार रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएका छन्। तीन छुट्टाछुट्टै किटानी जाहेरी परेको र सक्कल जाहेरी दरखास्तलगायत कागजात आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ। यो प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण, एमाले सचिव टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डेसहित पक्राउ परेका थिए। अहिले उनीहरु सबै पुर्पक्षका लागि कारागारमा छन्।