मुस्ताङ कागबेनी बजारका ३१ घर बाढीले बगायो

मुस्ताङको कागबेनी बजार जलमग्न भएको छ। बारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका-४ स्थित कागखोलामा आएको बाढीले बजार डुबाएको हो। स्थानीयलाई बजारभन्दा ५ सय मिटरमाथि सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ।

मुस्ताङ कागबेनी बजारका ३१ घर बाढीले बगायो
काठमाडौं। मुस्ताङको कागबेनी बजार जलमग्न भएको छ। बारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका-४ स्थित कागखोलामा आएको बाढीले बजार डुबाएको हो। स्थानीयलाई बजारभन्दा ५ सय मिटरमाथि सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका अनुसार कागबेनी लोमान्थाङ जाने एउटा पक्की पुल, झोलुङ्गे पुल र एउटा काठको पुल बगाएको छ। ३१ घटा घर पनि बगाएको नेपाली सेनाले जनाएको छ।