४ दिन हिरासत बसेर रिहा भए सक्कली डाक्टर रञ्जितकुमार

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा प्रकाउ परेका सक्कली चिकित्सक डा.रञ्जितकुमार यादव चार दिनपछि रिहा भएका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले रिहा गरेको हो।

४ दिन हिरासत बसेर रिहा भए सक्कली डाक्टर रञ्जितकुमार
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा प्रकाउ परेका सक्कली चिकित्सक डा.रञ्जितकुमार यादव चार दिनपछि रिहा भएका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले रिहा गरेको हो। सीआईबीले गत २५ साउनमा नक्कली भन्दै पक्राउ परेका बारा घर भएका डा रञ्जितकुमार यादवलाई गए राती रिहा गरेको हो। सीआईबीले प्रारम्भिक अनुसन्धानमै डा यादवका सबै प्रमाणपत्र सक्कली भएको पाएपछि उनलाई रिहा गरेको बताइएको छ। डा.यादव रिहा हुँदा नेपाल मेडिकल काउन्सिलका सदस्य डा.कालुसिंह खत्री, नेपाल चिकित्सक संघका महासचिव डा.सञ्जीव तिवारी लगायतका प्रतिनिधिहरू पुगेका थिए। नाम थर जुध्न गएकाले प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको प्रकरणमा सक्कली डाक्टर रञ्जित यादवलाई पक्राउ गरिएको नेपाल मेडिकल काउन्सिलले जनाएको थियो। काउन्सिलले सबै प्रमाणपत्रहरू सिआइबीलाई पठाएपछि डा यादवलाई सिआइबीले रिहा गरेको हो।