काठमाडौं । आज ६ नदीहरूमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार अरूण नदी सिम्लेमा, दुधकोशी रवुवाबजारमा, सुनकोशी हम्पचुवारमा, कर्णाली असाराघाटमा, भेरी समजिघाटमा, महाकाली पारीगाउँमा, बबई चेपाङमा उल्लेख्य बढ्ने पूर्वानुमान् छ।
आज बिहानसम्म कोशी, नारायणी, कर्णाली र बबई नदीमा जलसतह सतर्कता आसपास रहेको छ। महाकालीको जलसतह भने खतरा आसपास रहेको महाशाखाले जनाएको छ।
सप्तकोशी नदीको बहाव ३४ वर्षयताकै उच्च बिन्दुमा पुगेपछि सोमबार बिहान १ बजे कोशी ब्यारेजका सबै ढोका खोलिएको छ। त्यस्तै आजै मुस्ताङको कागबेनीमा गेग्रानसहितको बाढीले दर्जनौं घर बगाएका छन्।
त्यस्तै पाँचथर, ईलाम, झापा, संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, कास्की, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी, बाजुरा, सुर्खेत, दैलेख, अछाम, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने बहने केहि स(साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वनुमान रहेको छ। जलसतह बढ्ने नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यी नदीमा जलसतह उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह
आज ६ नदीहरूमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार अरूण नदी सिम्लेमा, दुधकोशी रवुवाबजारमा, सुनकोशी हम्पचुवारमा, कर्णाली असाराघाटमा, भेरी समजिघाटमा, महाकाली पारीगाउँमा, बबई चेपाङमा उल्लेख्य बढ्ने पूर्वानुमान् छ।

