रमा क्षेत्री, बुर्तिबाङ । अध्ययनका लागि बागलुङको बुर्तिबाङ बजारमा बस्दै आएकी १८ वर्षीया किशोरीले आत्महत्या गरेकी छन् ।
शनिबार ढोरपाटन नगरपालिका -२ तारिखेतमा डेरा लिएर बस्दै आएकी निसीखोला गाउँपालिका- ७ चोलाङ माइत भएकी १८ वर्षीया शान्ति विक झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले न्यूज खरीलाई जानकारी दिए ।
'किशोरी कक्षा १२ मा अध्ययनका लागि बजारमा डेरा लिएर बस्दै आएकी रहेछिन्,' प्रहरी निरीक्षक अधिकारीले भने, 'राति ११ बजे झुण्डिएको खबर आएपछि हामी घटनास्थलमा पुग्यौं, शलले घाँटीमा पाँसो लगाएको अवस्थामा उनी मृत भेटिएकी थिइन् ।'
उनका अनुसार भारतमा रहेका १८ वर्षीय श्रीमान सुमन विकसँग झुण्डिनुअघि कुराकानी भएको भेटिएको छ । प्रहरीले कुराकानी भएको मोबाइल बरामद गरी थप अनुसन्धानका लागि ल्याबमा पठाउने तयारी गरेको छ ।
प्रहरीले किशोरीको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक अस्पतालमा ल्याएपनि परिवार र श्रीमान नआएसम्म अनुसन्धानको प्रक्रिया अघि नबढाउने बताएको छ ।
किशोरीले बुर्तिबाङमा रहेको उत्तरगंगा माविको कक्षा १२ मा अध्ययन गर्दै आएकी थिइन् ।
कक्षा १२ मा अध्ययनरत किशोरी झुण्डिएको अवस्थामा फेला
किशोरी कक्षा १२ मा अध्ययनका लागि बजारमा डेरा लिएर बस्दै आएकी रहेछिन्, प्रहरी निरीक्षक अधिकारीले भने, राति ११ बजे झुण्डिएको खबर आएपछि हामी घटनास्थलमा पुग्यौं, शलले घाँटीमा पाँसो लगाएको अवस्थामा उनी मृत भेटिएकी थिइन् ।

