दैलेखमा कांग्रेसका शाही विजयी

दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दिक्पाल शाही विजयी भएका छन् ।

दैलेखमा कांग्रेसका शाही विजयी
दैलेख । दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दिक्पाल शाही विजयी भएका छन् । शाही २० हजार एक सय ५८ मतले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लक्ष्मीप्रसाद पोख्रेलले २० हजार पाँच मत प्राप्त गरी पराजित भए । प्रतिनिधिसभामा निर्वाचित कांग्रेसका दिक्पाल शाही पहिलो पटक निर्वाचनमा उत्रिएका थिए । शाहीले नेपाली कांग्रेस पार्टीको विभिन्न पदमा र सामाजिक सङ्घ, संस्थामा रहेर काम गर्दै आएका छन्। यो प्रतिनिधिसभामा ४७ हजार एक सय ९४ मत खसेको थियो । कूल मतमध्ये २७ सय ४७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।