प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् हेरफेर गर्दै

“प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् हेरफेरको तयारी गर्नुभएको छ । कुन मन्त्रालय दिने भन्ने तय भइसकेको छैन । प्रधानमन्त्री चितवनमा हुनुहुन्छ । उहाँ आएपछि फाइनल हुन्छ,” प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले हरिबोल गजुरेलले भने ।

प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् हेरफेर गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । “प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् हेरफेरको तयारी गर्नुभएको छ । कुन मन्त्रालय दिने भन्ने तय भइसकेको छैन । प्रधानमन्त्री चितवनमा हुनुहुन्छ । उहाँ आएपछि फाइनल हुन्छ,” प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले हरिबोल गजुरेलले भने । अरु केही मन्त्रीलाई हटाएर नयाँ ल्याउने विषयमा समेत छलफल चलिरहेको तर फाइनल भइसकेको उनले बताए । जनमतले यसअघि नै अनितादेवी साहलाई मन्त्रीको लागि सिफारिस गरिसकेको छ ।