काठमाडौं । नेपाली कांग्रेसका सांसद डा। सुनील शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौँ जिल्ला अदालतले थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएसँगै थुनामुक्त भएका उनले यस्तो बताएका हुन् । सांसद शर्माले सुन तस्करका संरक्षक स्वयं उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महत रहेको दाबी गर्दै ३० वर्ष पुरानो फाइल खोलेर तेस्रो पटक पक्राउ गरेको बताए ।
उनले आफूले आइएको शिक्षा भारतबाट लिएको र सो कुरा अदालतमा प्रमाणित गरेर देखाउने बताए । सांसद शर्माले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा पक्राउ गरिएको भन्दै शान्ति सम्झौताका लागि वातावरण बनाइदिने आफूलाई प्रधानमन्त्री प्रचण्डले हतकडी लगाएर गुन तिरेको भन्दै कटाक्ष गरे।
उनले कांग्रेसलै नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोड्नुपर्ने बताए ।
थुनामुक्त हुँदै सुनील शर्माले भने-अब माओवादीसँगको सहकार्य तोड्नुपर्छ
नेपाली कांग्रेसका सांसद डा। सुनील शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन् ।

