शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा कांग्रेसका सांसद सुनिल शर्मासहित दुई जना पक्राउ

प्रहरीले शर्मासँगै अरु दुई जनालाई पनि पक्राउ गरेको छ । शर्मा केएमसी मेडिकल कजेलका सञ्चालक पनि हुन् ।

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा कांग्रेसका सांसद सुनिल शर्मासहित दुई जना पक्राउ
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो । मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । प्रहरीले शर्मासँगै अरु दुई जनालाई पनि पक्राउ गरेको छ । शर्मा केएमसी मेडिकल कजेलका सञ्चालक पनि हुन् ।