१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने २३ वर्षीय भिम बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटि

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
बाँके। १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने २३ वर्षीय भिम बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।