शिक्षामन्त्री पौडेल जित नजिक

बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जित नजिक पुगेका छन् ।

शिक्षामन्त्री पौडेल जित नजिक
बागलुङ । बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जित नजिक पुगेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा ९माओबादी केन्द्र०का सचिव पौडेलले दिउँसो ३ बजेसम्मको मत परिणामअनुसार २३ हजार दुई सय २५ मतका साथ अग्रस्थानमा छन् । उनलाई नेकपा ९एमाले०की मञ्जु चालिसेले १८ हजार आठ सय २१ मतका साथ पछ्याइरहेकी छिन्। अब मतगणना हुन दुई वटा मात्रै बाँकी रहँदा जित सुनिश्चित भएको माओबादी केन्द्रका जिल्ला इञ्चार्ज बलावती शर्माले दाबी गरे । “उनको जितअसुनिश्चित भइसकेको छ, अब दुई वटा वडाको मत गणना गर्न बाँकी छ,” उनले भने, “अहिलेसम्मको मतान्तरका आधारमा हाम्रो जित सुनिश्चित भइसकेको छ ।” निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढोरपाटन नगरपालिकाको थुप्लाङ र बुर्तिबाङ मतदान केन्द्रका मतपेटिकामा भएका मत गणना गर्न बाँकी छ ।