काठमाडौं । अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसका अवसरमा कोसी प्रदेशमा बुधबार सार्वजनिक बिदा दिइएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई दिनअघि सूचना जारी गरेर आदिवासी तथा जनजाति दिवसका दिन सार्वजनिक विदा दिने जनाएको थियो।
प्रदेशका आदिवासी तथा जनजाति समुदायको भावनालाई सम्बोधन गरेर बिदा दिएको प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
आज कोसी प्रदेशमा सार्वजनिक बिदा
अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसका अवसरमा कोसी प्रदेशमा बुधबार सार्वजनिक बिदा दिइएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई दिनअघि सूचना जारी गरेर आदिवासी तथा जनजाति दिवसका दिन सार्वजनिक विदा दिने जनाएको थियो।

