पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पाँच वर्षसम्म चुनाव लड्न रोक

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पाँच वर्षसम्म चुनाव लड्न रोक लगाइएको छ। पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको तीन दिनपछि पाकिस्तानको निर्वाचन आयोगले पाँच वर्ष निर्वाचन लड्न नपाउने घोषणा गरेको बिबिसीले जनाएको छ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री  इमरान खानलाई पाँच वर्षसम्म चुनाव लड्न रोक
एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पाँच वर्षसम्म चुनाव लड्न रोक लगाइएको छ। पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको तीन दिनपछि पाकिस्तानको निर्वाचन आयोगले पाँच वर्ष निर्वाचन लड्न नपाउने घोषणा गरेको बिबिसीले जनाएको छ। आयोगको घोषणासँगै खानलाई सांसद पदबाट बर्खास्त गरिने तयारी गरिएको छ। यद्पि खानले आफूमाथि लागेका आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्दै सरकारको कदमलाई अस्वीकार गर्दै आएका छन्। ७० वर्षीय खान सन् २०१८ मा पाकिस्तानको नेताका रूपमा निर्वाचित भएका थिए। तर गत वर्ष देशको शक्तिशाली सेनासँग पछाडि परेपछि अविश्वासको मतमा उनलाई पदबाट हटाइयो। पाकिस्तानी कानुन अनुसार, दोषी व्यक्ति पाकिस्तानको निर्वाचन आयोगले तोकेको अवधिको लागि सार्वजनिक पदमा उम्मेदवार हुन सक्दैनन्। यद्यपि उनको कानुनी टोलीले दोषीको फैसलालाई चुनौती दिएको छ। जसको आज इस्लामावाद उच्च अदालतमा मुद्दाको सुनुवाइ हुनेछ।